एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, ३ कात्तिक । नेकपा एमालेद्वारा स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार, बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुनेछ । एमालेले आगामी १० देखि १२ मंसिरमा दशौं राष्ट्रिय महाधिवेशनका लागि मिति तोकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति