महाकाली नदीका बाढीमा फसेका पाँचजना रुखबाट उद्धार गर्न आग्रह

कञ्चनपुर, २ कात्तिक । भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ ।

डुबान परेका घर लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ऐरी क्षेत्रमा डुबान परेका घर ।

स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला र ब्रह्मदेवबाट सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । बाढीका कारण बाटोको ठाउँठाउँमा अवरोध हुँदा उद्धार टोली पुग्न ढिलाइ भएको छ । यसैबीच, दोधरा चाँदनी–१० कुतियाकभरस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा पानी पसेको छ । क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी नजिकैको विद्यालयमा सरेको छ ।

महाकालीको बाढीले क्षति पुर्‍याएको सडक लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पुर्‍याए को क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति