काठमाडौं, १ कार्तिक । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई पटबाट हटाईएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सिलवाललाई राखेपमा पुनःनियुक्ति दिएको थियो । ओली नेतृत्वको सरकार हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकारले पूर्णता पाएसँगै उनी बर्खास्त गरिएका हुन् ।
राखेप सदस्य सचिव सिलवाल बर्खास्त
प्रतिक्रिया