वर्षाले धानबालीमा ठूलो नोक्सानी (फाेटाेफिचर)

१ कार्त्तिक । धान भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा ठूलो नोक्सानी पुर्‍याएपछि किसान चिन्तित छन् । कृषकहरुले धान काटेर सुकाउन खेतमा राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् ।
यस वर्ष बर्खामा नियमित वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी वर्षाले उत्पादनमा ह्रास आउने देखिन्छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा नीनमा सुकाइएको धान आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको धान ।
अविरल वर्षाका कारण डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित चेथरीमा आइतवारदेखि निरन्तर परेको पानी र हावाले ढालेको धानबाली ।
म्याग्दीको बेनी नगरपालिका–२, रत्नेचौरस्थित फाँटमा आइतबार रातिदेखि निरन्तर परेको पानीसँगैको हावाहुरीले ढालेको धानबाली ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति