१ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगे । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचारमा रहेका आफ्ना गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।
उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिए । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्था प्रचण्डलाई जानकारी गराएका थिए । उनकाे स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
प्रतिक्रिया