साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीलाई स्वागत युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भाग लिई स्वदेश फर्किएका नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै ।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति