एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी, यस्तो छ कार्यविभाजन

काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिइएको हो । अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकेका छन् ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ । साथै, विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।

महासचिव डा। बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति