बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं, २८ असोज । बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा झन् बढेको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले बुधबार मध्य जुलाईपछिकै सबभन्दा धेरै संक्रमित देखिएको बताएका छन्।
उनीहरूका अनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलोपटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्।
सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका बाबजुद यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा संक्रमण भएको छ।
बेलायतमा अहिलेसम्म संक्रमित संख्या ८२ लाख ७२ हजार नाघेको छ। यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ।

बेलायतका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि यति धेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजार जना अझै अस्पतालमै उपचाररत छन्।

यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति