बाजुरामा कर्णाली नदी सुक्खा पहिरोले थुनियो

काठमाडौं , २६ असोज । सुक्खा खसेको पहिरोले बाजुरा क्षेत्रमा कर्णाली नदी थुनिएको छ । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए ।

पहिरो खस्ने क्रम जारी रहेको र नदी थुनिएर एक किलोमिटर ड्याम बनेको महराले जानकारी दिए । बिहान पूर्णरुपमा नदी थुनिएको भएपनि अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ । पानीको बहाबले नदी पूर्ण रुपमा खुलिने स्थानियले आशा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति