अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

काठमाडौं, २६ असोज । ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।अमेरिकामा रहेर अर्थशास्त्रसम्बन्धी अनुसन्धान गर्ने शोधकर्ताले नोबेल पुरस्कार पाएका हुन्।क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले यस्तो अनुसन्धान गरेका थिए।श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने र कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ भनेर देखाउन गरेको अनुसन्धान बापत उनीहरुले पुरस्कार जितेका हुन्। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति