गुल्मी, २५ असोज । आइतबार साँझ प्रहरीले रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय प्रकाश बिकलाई पक्राउ गरेको छ ।
प्रकाशले सामान्य विवादमा जेठी आमा नाता पर्ने पार्वतीलाई लाठी प्रहार गरेर घाइते हुदाँ उनलाई उपचारकालागि अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा उनको मृत्यु भएका थियोे । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको साथै यसबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले बताएका छन् ।
प्रतिक्रिया