रिमोट कन्ट्रोल मेसिन गनबाट इरानका परमाणु वैज्ञानिकको हत्या भएको दाबी

एजेन्सी, २५ असोज । रानी परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरायली गुप्तचर एजेन्सी इजरायलको हात रहेको दाबी गरिएको छ ।

मोहसिन फख्रिजादेह इरानका प्रमुख वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए। मोसादको समूहले रिमोट कन्ट्रोलबाट चल्ने मेसिन गनले सन् २०२० नोभेम्बरमा पख्रिजादेहको हत्या गरिएको अमेरिकी अखबार न्युयोर्क टाइम्सले दाबी गरेको हो ।

बेल्जियमले बनाएको एफएन म्याग मेसिन गन एक अत्याधुनिक रोबोट उपकरणसँग जोडिएको , कृत्रिम बुद्धिमत्ताले सुसज्जित करिब एक टन वजन भएको मेसिन गनले एक मिनेटभन्दा पनि कम समयमा आफ्नो काम पूरा गरेको रिपोर्टअनुसार दाबी गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति