इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन


काठमाडौं । इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् ।
सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति