काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गरेको छ । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले शुक्रबार बिहान मन्त्रीहरूको नाम तय गरेका हुन् । एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने तय गरिएको छ । पहिले सरकारमा गइसकेकालाई पनि मन्त्रीमा पठाउने कि नयाँ पठाउने भन्नेमा मन्त्री चयनका क्रममा नेताहरूबीच सहमति जुटाउन समय लागेको ती नेताले जानकारी दिए ।जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।
जसपाले तय गर्यो सरकारमा पठाउने चार मन्त्रीको नाम
प्रतिक्रिया