साफ च्याम्पियनसिपमा माल्दिभ्सको पहिलो जित

काठमाडौं, २२ असोज । साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–० ले पराजित गरेको हो ।मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे ।पहिलो हाफ गोलरहित सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा दुवै गोल गरेको हो । खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ । ३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छ । यस्तै २ खेलबाट दुई बराबरीसहित २ अंक जोडेको भारत चौथो स्थानमा छ । ३ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा छ र फाइनल होडबाट बाहिरिसकेको छ ।

अब नेपालले आइतबार भारतसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति