प्रहरीमा छ सय जनालाई जागिर

काठमाडौं, २२ असोज । नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ।जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो। प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।
प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति