नेकपा एसमा तीन पदाधिकारी थपिए, चुनाव चिन्ह कलम राख्ने

काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारी थपिएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले तीन पदाधिकारी मनोनय गरेपछि पदाधिकारी संख्या २१ पुगेको छ ।बैठकले हाल सचिव रहेका जगन्नाथ खतिवडालाई उपमहासचिव बनाएको छ। यसअघि तीन उपमहासचिव रहेकामा अब चार महासचिव हुने छन्।

त्यस्तै सचिवहरुमा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि चार सचिव रहेकामा अब सात रहने छन्।बैठकले पार्टीको चुनाव चिन्ह कलम राख्ने र यसका लागि कानुनी प्रक्रिया मिलाउने निर्णय गरेको पनि खतिवडाले जानकारी दिए।बैठकले ३०१ केन्द्रीय सदस्यको नाम टुंग्याएको र केन्द्रीय सचिवालयले त्यसमा भोलि थप गृहकार्य गरेर पर्सि नाम सार्वजनिक गरिनेछ।

बैठकले केन्द्रीय आयोगमा ३५ सदसय हुने, स्थानीय कमिटीमा ६ पदाधिकारी रहने, जिल्ला कमिटीमा आधारभूत संख्या १०१ हुने र प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट ५ जना जिल्ला कमिटीमा रहने पनि निर्णय गरेको छ।पोलिटब्युरो चाँडै गठन गर्ने पनि बैठकले निर्णय गरेको छ। बिजय गुरुङको संयोजकत्वमा सम्पर्क समन्वय कमिटी गठन पनि भएको छ।त्यस्तै बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र विजय गुरुङ रहेको केन्द्रीय कार्यालय स्थापना गरेको र भुसालकै नेतृत्वमा ११ जना सदस्य केन्द्रीय सचिवालय पनि गठन गरेको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति