बाघको आक्रमणबाट रौतहटमा एक जना घाइते

काठमाडौं, २१ असोज ।बाघले आक्रमण गर्दा रौतहटमा एक जना पुरुष घाइते भएका छ्न ।चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी रौतहटको चन्द्रनिगाहपुर लमहामा बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गर्दा घाइते भएका हुन् । उनको दुवै हातमा बाघले चिथोरेको छ ।

६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए ।
चन्द्रनिगाहपुरको एक अस्पतालमा घाइते रायमाझीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति