काठमाडौं, २१ असोज । नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । जोशीलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे। आफू एकताका लागि लचिलो भएर एमालेमै बसे पनि १० बुँदेको कार्यान्वयन नभएको भन्दै उनले त्यहाँ बस्ने सक्ने वातावरण नबनेको बताए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र उनले पढेर सुनाएका थिए । १० बुँदे कार्यान्वयन गर्न अपानी जारी गरे पनि त्यसको कार्यन्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी थिए ।हालसालै सकिएको विधान महाधिवेनमा बोल्न समेत नदिएको उनले आरोप लगाए ।नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।
१० बुँदे कार्यान्वयन नगरेको भन्दै एमाले नेता जोशी नेकपा एसमा प्रवेश
प्रतिक्रिया