भारतबाट अर्कोसाता ‘कोभिसिल्ड’को १० लाख डोज खोप आउने

काठमाडौं, २० असोज।  यसअघि खरिद गरेर भारतबाट ल्याउन बाँकी १० लाख डोज खोप अर्को साता आउने भएको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरी भारतले अर्को साता भित्रमा नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

सरकारले कोभिडविरुद्धको ‘कोभिसिल्ड’ खोप यसअघि नै खरी गरेपनि दोस्रो लहरको कोरोना संक्रमण बढेपछि भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले खरिद गरेको खोप पाउन सकेको थिएन । नेपालले भारतसँग २०७७ फागुनमा २० लाख डोज खोप खरिद गरेकोमा १० लाख त्यही महिना नेपाल आइपुगेको थियो । बाँकी १० लाख रोकिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति