विराटनगर , २० असोज । प्रहरीले नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट मानव अंग बरामद गरेको दावी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले सशस्त्र प्रहरीले भारतबाट नेपालतिर आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको बताए । रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यानमा बटुका जस्तो आकार बनाइएको खप्पर बरामद भएको थियो ।
कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिदा उक्त सामान काठमाडौंँँ लैजाने तयारी रहेको उनीहरुले बयान दिएका छन् ।पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष भएको र उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने नखुलाएको प्रहरी विभागले जनाएको छ ।
मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गरेपनि ठूलो परिणाममा मानव अंश भेटिएकाले र विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको हुनाले जिसीले चीनतर्फनै तस्करीकोलागि हुन सक्ने तर विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने बताए । मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया