सप्तरीमा एक युवती मृत फेला


काठमाडौ, २० असोज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जंगलमा आज एक युवती मृत भेटिएकी छन्। रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी चाँदनी चौधरी रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

घाँस काट्न गएका स्थानीयबासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयबासीले जनाएको छ।मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठिक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ।घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। मानसिक रोगी चाँदनी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति