लुम्बिनी सरकारले आज बजेट पारित गर्ने

रुपन्देही, २० असोज । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/ ०७९ को बजेट आज सदनबाट पारित गर्ने निर्णय गरेको छ । बुधबार बिहानै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए । प्रदेशसभा बैठक आज १ बजे बस्दैछ ।

मन्त्रिपरिषद् बैठकले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा अध्यादेशबाट ल्याइएको नीति, कार्यक्रम र बजेट सदनबाटै पास गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।अघिल्लो सरकारले पास गरेको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लाने र प्रदेश सरकारको अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकारसम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ ९ख० अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने पनि निर्णय भएको बिकले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति