पूर्वराजदूत समेटेर माओवादीको विदेश विभाग गठन

काठमाडौं, १९ असोज । नेकपा (माओवादी केन्द्र) ले विदेश मामिला विभागको गठन गरेको छ।सुरेन्द्र कार्कीको अध्यक्षतामा बनेको ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल र डा. महेश मास्केसहित पूर्वराजदूतहरू छन् । उनीहरू दुवै चीनका लागि पूर्वनेपाली राजदूत हुन् ।

त्यस्तै विभागमा पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह पनि छन् ।

अन्य सदस्यहरूमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति