न्याय सम्पादनमा अवरोध र फैसला नमानेमात्रै अवहेलनाः सर्वोच्च

काठमाडौं, १९ असोज । सर्वोच्च अदालतले न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित नहुने भनी विधिशास्त्रीय मान्यता स्थापित गरेको छ ।सर्वोच्चको सात सदस्यीय वृहत पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रको विषयमा डा गोविन्द केसीले दिएको अभिव्यक्ति जोडिएको मुद्दामा अदालतको अवहेलना नहुने ठहर गरेको हो ।

मंगलबार प्रकाशित उक्त मुद्दाको फैसलाको पूर्णपाठमा केसीको अभिव्यक्ति अशोभनीय भएपनि स्वच्छ सुनुवाइको प्रक्रिया अनुशरण नगरिएकाले अवहेलना ठहर हुन नसक्ने फैसला गरेको हो ।गोपाल पराजुलीको प्रमाणपत्रको हकमा भने कान्तिपुर दैनिकका प्रकाशकदेखि संवाददातासम्मलाई अवहेलनामा कारवाही गर्न नमिल्ने फैसला गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति