जुकरबर्गले ६ घण्टामा ६ अर्ब गुमाए

काठमाडौं , १९ असोज ।  सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले करिब ६ अर्ब डलर गुमाएका छन् । यो करिब ६ घण्टा फेसबुक बन्द हुँदाको परिणाम भएको बताईएको छ । यसबाट उनी विश्वका अर्बपतिको सूचीबाट एक स्थान तल झरेका छन्।

सोमबारको घटनापछि जुकरबर्गको सम्पत्ति घटेर १२१ दशमलब ६ बिलियन डलर भएको छ भने उनलाई बिल गेट्सले १२४ बिलियन डलरसहित उछिनेका छन्। यसअघि मार्क जुकरबर्ग विश्वका धनीको सूचीमा चौथो नम्बरमा थिए भने अब पाँचौ नम्बरमा पुगेका छन्।

फेसबुकमा किन बन्द भयो भन्नेबारे यकिन तथ्य सार्वजनिक नभए पनि फेसबुकमा आएको डिएनएस समस्याका कारण बन्द भएको बताइएको छ। यसका साथै कम्पनीको आन्तरिक नेटवर्कमा पनि समस्या आएको जनाइएको छ। फेसबुकका साथै यसका भगिनी संस्थाहरु इन्स्टाग्राम र ह्वाट्सएपमा पनि ६ घण्टा बन्द भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति