श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

काठमाडौं, १९ असोज। त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’
श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए। जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए। जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति