पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी, कामदार पक्राउ

काठमाडौं, १८ असोज । पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। उनको फ्ल्याटबाट चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम छन्। उनलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो। उता मुद्दा परेको थाहा पाएपछि हामीले पनि उनको फोन ट्रयाकिङ गरेर पक्राउ गरेका हौं,एसएसपी सिंहले भने। उनले पोखरास्थित फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन, फोनलगायत चोरी गरेको आरोप छ।उनले चोरी गरी काठमाडौं आएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीबाट चोरी गरिएका सामान बरामद भएका छन्। गौतममाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति