अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा पुन

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को महासचिव दीपेश पुनलाई बनाउने सहमति भएको छ ।
काठमाडौंमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा महासचिवमा विभिन्न व्यक्तिको नाममा छलफल भए पनि पुनलाई बनाउने सहमति भएको अनेरास्ववियू क्रान्तिकारीका एक नेताले बताए ।पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा भने यसअघि नै पञ्चा सिंह चयन भइसकेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति