काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ। उपसभापति निधिको निवास बानेश्वरमा सोमबार उनीहरूबीच छलफल भएको हो।निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला महाधिवेशनलगायत विषयमा छलफल भएको हो।निधि, कोइराला र सिंह नै सभापति पदका लागि आकांक्षी छन्। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ।निधिले सम्पर्क कार्यालय नै खोलेर सभापतिमा उठ्ने तयारी गरिसकेका छन्। कोइराला र सिंह भने वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। उनीहरू समूहमै छलफल गरेर एक जना सभापति उठ्ने तयारीमा छन्।केही समयदेखि निधि, कोइराला र सिंहबीच छलफल भइरहेको छ।
प्रकाशित मितिस् सोमबार, अ
निधि, कोइराला र सिंहबीच छलफल
प्रतिक्रिया