काठमाडौं, १८ असोज । सर्वोच्च अदालत बार एसोसिएसनले आकस्मिक रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएको छ ।सरकार गठनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पनि भागबण्डा मागेको समाचार प्रकाशित भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले भेट्न लागेका हुन् ।भेटमा प्रधानन्यायाधीश जबराले मन्त्री बनाउनका लागि मागेको कोटाको विषय लगायत अन्य समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए । अहिलेको सरकार गठनमा एक/दुई जना व्यक्ति आफ्नो तर्फबाट नियुक्त हुनुपर्ने भन्दै प्रधानन्यायाधीश जबराले सत्तारुढ घटकसँग लबिइङ गरिरहेका छन् ।
मन्त्री मागेको समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीशलाई सर्वोच्च बारले भेट्दै
प्रतिक्रिया