इटालीको भवनमा ठोक्कियो प्राइभेट जहाज : ८ जनाको मृत्यु

काठमाडौँ, १८ असोज । युरोपेली मुलुक इटालीमा आइतबार एउटा निजी जहाज दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।द गार्डियनका अनुसार सिंगल इन्जिन भएको पिलाटस पिसी–१२ जहाज आइतबार दिउँसो मिलानको लिनाटे विमानस्थलबाट टेकअफ भएको केहीबेरमै एउटा भवनमा ठोक्किएको थियो।

उक्त जहाजमा ६ यात्रु र २ चालक दलका सदस्य थिए। प्रत्यक्षदर्शीहरूले खाली भवनमा ठोक्किनुअघि नै जहाजमा आगो लागिसकेको बताएका छन्।मिलानका अधिकारीहरूले दुर्घटना हुनुअघि पाइलटले खतराको कुनै सूचना नदिएको बताएका छन्।इटालीका सञ्चारमाध्यमहरूले जहाज दुर्घटनामा परी रोमानिया र इटालीका दुई धनाढ्य परिवारको मृत्यु भएको उल्लेख गरेका छन्।

रोमानियाका सबैभन्दा धनीमध्येका एक ६८ वर्षीय डान पेट्रेस्क्यु, उनकी श्रीमती र छोराको मृत्यु भएको छ। साथै इटालीका व्यापारी फिलिपो नासिम्बेने, उनकी श्रीमती र उनीहरूको सानो बच्चाको पनि मृत्यु भएको समाचारमा जनाइएको छ।अधिकारीहरूका अनुसार उक्त जहाज ३० सेप्टेम्बरमा रोमानियाको बुचारेस्टबाट मिलान आएको थियो। त्यतिबेला जहाजमा कुनै समस्या देखिएको थिएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति