मनसुन बाहिरिन एक साता लाग्ने, बुधबारसम्म देशका धेरैजसो वर्षा

काठमाडौँ, १८ असोज । मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन बाहिरिनेछ । त्यसका लागि कम्तीमा आगामी आइतबार/सोमबार लाग्न सक्नेछ । ‘पश्चिमबाट सुधार हुँदै पानी पर्न कम हुँदै पूर्वतर्फ सरेर मात्रै मनसुन बाहिरिने हो, अझै केही दिन वर्षा हुन्छ, त्यसपछि हामी वुलेटिन निकालेरै सूचीत गर्छौँ, सम्भवत एक सातापछि मनसुन निस्क्रीय होला,’ सापकोटाले भने ।सामान्यतयाः अक्टोबर–२ मा मनसुन बाहिरिने गरेकोमा यसपटक त्यस्तो भएको छैन । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ ।न्युन चापीय क्षेत्रको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् सापकोटाका अनुसार आज दिउँसो १र२ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।अझै पनि मनसुन सक्रिय रहेकाले कम्तीमा बुधबारसम्म देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति