थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ संक्रमणमुक्त

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति