प्रधानमन्त्री समक्ष प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुतः शत्प्रतिशत उपलब्धि हासिल

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा. गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ ।


यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् । “कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उनले भने ।
समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति