साहस ऊर्जाको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, १७ असोज । साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।कम्पनीको आईपीओ गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।कम्पनीले ६ असोजदेखि १० असोजसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणमा निष्कासन भएको ७० करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेकाले यसरी हेर्न सकिन्छ नतिजा ।

https://sahasurja.com/,

https://meroshare.cdsc.com.np/#/login

https://niblcapital.com/

https://iporesult.cdsc.com.np/

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति