काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्दैछ। मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ।माओवादीबाट सरकारमा अहिले दुई जना मन्त्री सहभागी छन्। भागबण्डाअनुसार माओवादीले ६ मन्त्री पाउनेछन्। बाँकी ४ जना मन्त्रीको आज टुंगो लगाउने बताइएको छ।सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो। तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन। गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ।
माओवादीले आज मन्त्री छान्दै
प्रतिक्रिया