आज ईपीएलका २ खेल हुँदै

काठमाडौं, १७ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् ।आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स(११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ ।दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।हालसम्म भएका खेलको नतिजाअनुसार तीन खेल खेलेके चितवन शतप्रतिशत जितबाट ६ अंक जोडेर पहिलो स्थानमा छ । चार खेल खेलेको ललितपुर चौथो, दुई खेल खेलेको काठमाडौं पाँचौ र ४ खेल खेलेको विराटनगर छैटौं स्थानमा रहेको छ । विराटनगरले एक खेल पनि जितेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति