काठमाडौँ, १६ असोज । ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनले अहिलेसम्मकै ठूलो अतिक्रमण गरेको आरोप लगाएको छ। न्युज एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय दिवसका दिन शुक्रबार उसका ३८ वटा लडाकु विमानले आफ्नो हवाई क्षेत्रमा उडान गरेको दाबी गरेको हो। ताइवानले एक वर्षभित्र चीनले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको भनेर धेरैपटक गुनासो गरिसकेको छ, विशेषगरी आफू नियन्त्रित प्रतास टापुनजिक दक्षिण–पश्चिमी भागमा।
चीनले हाम्रो हवाई क्षेत्रमा ३८ वटा लडाकु विमान उडायोः ताइवान
प्रतिक्रिया