काठमाडौं महानगरमा कांग्रेसको अधिवेशन

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौं जिल्लामा पालिका अधिवेशन प्रक्रिया सुरु भएको छ ।
काठमाडौं महानगरको अधिवेशनको पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । उद्घाटनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधान, तीर्थमान डंगोल, उपमेयर हरिप्रभा खड्गी लगायत उपस्थित छन् ।काठमाडौं महानगरको नेतृत्वका लागि प्रकाशमान–गगन टिमबाट नीलकाजी शाक्य र संस्थापन पक्षबाट प्रगतिमान रञ्जित प्रतिस्पर्धामा छन् । रञ्जितलाई काठमाडौं कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधान र तीर्थराम डंगोलको पनि समर्थन रहेको बताइन्छ ।उद्घाटन सत्र सकिएपछि आजै उम्मेदवारी दर्ता र मतदानको प्रक्रिया सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति