आज विश्व अहिंसा दिवस

काठमाडौँ, १६ असोज । आज अक्टुबर २ अर्थात् विश्व अहिंसा दिवस । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै आज विश्व अहिंसा दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए ।नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।यस वर्ष पनि शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति