एमाले महाधिवेशन : पानीको बोतलमा ओलीको तस्वीर

काठमाडौँ, १५ असोज । नेकपा एमालेको विधान महाधिवेशन गोदावारीमा जारी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ । साथै, दुई सय २५ सदस्यीय केन्द्रीय संरचना प्रस्ताव गरिएको छ । आजै सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ ।

एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । ओलीलाई स्कर्टिङमा लग्नेदेखि कार्यकर्तालाई विभिन्न प्रकारका खानाका परिकार व्यवस्था गरिएको छ । यसैक्रममा महाधिवेशन स्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ । एमाले नेताहरु प्रचारभोगी भएको यो पहिलो पटक भने होइन । यसअघिका पार्टीका ठुला बैठकमा पनि ओलीको प्रचार गरिदैँ आइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति