काठमाडौं, १५ असोज। नेकपा एमालेको विधान महाधिवेशनबाट बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेको छ । महाधिवेशनमा उपमहासचिव एवम् संगठन विभागका प्रमुख विष्णु पौडेलले बाधा अड्काउ फुकाउने प्रस्ताव पेस गरेका थिए ।
विधान महाधिवेशनले त्यसलाई पारित गरेको हो । पौडेलले पार्टी विधानको धारा १५ (क) र धारा १९ (क) मा उल्लेखित व्यवस्थालाई खारेज गर्दै विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिसम्बन्धी व्यवस्था गरेको बाधा अड्काउ फुकाउ प्रस्ताव पेस गरेका थिए । गत असोज ८ र ९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले बाधा अड्काउ फुकाउने निर्णय गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्थालाई हटाएर विधान महाधिवेशनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया