एमालेको विधानबाट वरिष्ठ नेता पद पनि हटाइयो

काठमाडौं, १५ असोज । नेकपा एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो ।

अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।यसअघि आयोगमा अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो । एमालेमा अहिले पूर्व पार्टी प्रमुखहरू कोही पनि नरहेकाले वरिष्ठ नेता पद नराखिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति