कुमार पौडेल ’इन्काउन्टर’ प्रकरण : बादल र सर्वेन्द्र खनालविरुद्ध मुद्दा चलाउनआदेश

काठमाडौं, १५ असोज । प्रहरीको ’इन्काउन्टर’ मा मारिएका भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीइन्चार्ज कुमार पौडेलका परिवारको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय समेतलाई कुमारकीआमा दुर्गादेवी पौडेलले विपक्षी बनाइ दायर गरेको रिटमा असोज ११ गते सुनुवाइगर्दै न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले आदेश प्राप्तभएको ७दिनभित्र जाहेरी दर्ता गर्न भनेको हो ।जिल्ला सरकारी वकिल कार्यालयले सर्वोच्चले जाहेरी दर्ता हुननसक्नुको कारण माग गर्दा जवाफमा दुर्गादेवी पौडेलको नामबाट हुलाक मार्फत जाहेरी दरखास्त प्राप्त भएको तर जाहेरी दरखास्तको विश्वसनीयता एकिनगर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ को उपदफा ३ (क) बमोजिम सनाखत हुन नसकेको भन्ने उल्लेख गरेको छ ।
उक्त जाहेरी सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको भएपनि त्यसपछि के कसो भयो भन्ने नखुलेको सर्वोच्चको आदेशमा उल्लेख छ। राष्ट्रिय मानव अधिकार आयोगले इन्काउन्टरका नाममा पौडेललाई प्रहरीले पक्राउ गरेर ९ राउन्ड गोली हानीहत्या गरेको निष्कर्ष निकालेको थियो।

जसमा घटनामा प्रहरीलाई निर्देशनदिनेतत्कालीनआईजीपी सर्वेन्द्र खनाललगायततालुकदार निकायकापदाधिकारी तथाआदेश दिने अधिकारी समेतलाई कानुनको दायरामा ल्याउन भनी राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो।

पौडेलको गतवर्ष असार ३ गते लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेवी स्थित जंगलमा हत्याभएको थियो भने आयोगको प्रतिवेदनपछि पौडेलका परिवारले जाहेरी दिएपनि प्रहरीले जाहेरी लिनमानेको थिएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति