भोलिदेखि डब्लुएचओले कोभिड–१९ को जानकारी नेपाली भाषामा दिने

काठमाडौं, १४ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड(१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान ‘साइन्स इनफाइभ’ कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड-१९ को जानकारी गराउने छ ।
कोभिड-१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ ।

पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा। ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा हेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति