मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

काठमाडौँ, १४ असोज । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएको छ । असोज २५ गते विश्वासको मत लिने भएको हो । शाक्यको सरकार एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको छ ।

नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् । विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्।

५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले फुटेपछि ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति