काठमाडौँ, १४ असोज । सरकारले विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ । गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरी युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५ सय अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २ सय ५० डलर र माथी उल्लेख गरिएका बाहेकका मुलुकमा ५ सय डलर साथमा लैजान पाउने गरी अध्यागमन कार्यविधि २०६४ संशोधन गरेका छन् ।
संशोधित प्रावधान कार्यान्वयन गर्न बिहीबार गृह मन्त्रालयले विभागलाई पत्राचार गरेको हो । घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ ।

यसअघि विदेश जाँदा सबै मुलुकका लागि अनिवार्य रुपमा न्यूनतम ५ डलर साथमा राख्नु पर्ने प्रावधान थियो । स्रोतका अनुसार विदेशी मुद्रा सञ्चिति बढाउन भिजिट भिसामा जानेले लैजान पाउने रकमको सीमा घटाइएको गृह मन्त्रालय स्रोतले बतायो । सीमा घटाउन नेपाल राष्ट्र्र बैंकले अध्यागमन विभागसँग आग्रह गरेको थियो । त्यसपछि कार्यविधि संसोधन गरी भिजिट भिसामा घुम्न जानेको हकमा विदेशी मुद्रा सम्बन्धी सीमा निर्धारण गरिएको गृहको भनाइ छ ।
यसरी विदेश जानेले वाणिज्य र विकास बैंकबाट विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था रहेकोमा अब क वर्गका बैंक (वाणिज्य) बैंकबाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था ल्याइएको छ ।
प्रतिक्रिया