एमाले विधान महाधिवेशनको तयारी पुरा, हलमा नअटेकालाई टेन्टमा राखिने

काठमाडौँ, १४ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । भोलिदेखि ललितपुरको गोदावरीमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एक नेताले जानकारी दिए ।व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । व्यवस्थापन समितिका अनुसार पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मुल हलमा ३ हजार प्रतिनिधि रहनेछन् ।७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए । सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । साँझाको खाना भनेको बास बसेकै स्थानमा वा आफैं व्यवस्थापनमा खानुपर्नेछ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा प्रदेश कमिटीहरुले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइको व्यवस्थापन समितिले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति