गुल्मी ,१४ असोज । गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा गत राति चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग हुने क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए । इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । २४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली ( क ) १९ वर्षीया लक्ष्मी नेपाली ( ख) २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ । स्थायी बासिन्दाहरुको चट्याङको कारणले जनधनमा पनि क्षति पुगेको छ । चट्याङले वस्तुभाउको मृत्यु पनि भएको छ भने भौतिक संरचनाहरु पनि क्षति भएको छ । प्रशासनिक पक्षले घाइते बासिन्दाकालागि सक्दो सहयोग पु¥याउने भनी सम्बन्धित अधिकारीहरुले बताएका छन् ।
चट्याङ लागेर गुल्मीमा ९ जना घाइते तथा एक गम्भीर
प्रतिक्रिया